श्री स्वस्थानी व्रतकथा
पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरू भई माघ शुक्ल पूर्णिमाका दिनसम्म गरिने श्रीस्वस्थानीपरमेश्वरीको पूजा अर्चना तथा व्रतकथा वाचन बिगतका बर्षहरूमाझैं यसबर्ष पनि श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा यही जनवरी ६, २०२३ शुक्रवारदेखि फेब्रुअरी ५, २०२३ आइतवारसम्म गरिने कुरा यहांहरू सवैमा सहर्ष जानकारी गराउदछौं ।
यो सत्संगमूलक धार्मिक कार्यक्रममा समुपस्थित भएर पूजा अर्चना, व्रतकथा वाचन, कथा श्रवण एवं कीर्तन भजन आदि कर्यहरू हर्ष उल्लासका साथमा अघिबढाउनका लागि सम्पूर्ण भक्तजन दाजुभाई तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं । साथै
श्रीस्वस्थानी पूजाको आरम्भ देखि समापन सम्मको कुनैपनि दिनमा यदि तपाईहरू स्वयं कर्ता बनेर पूजा अर्चना गर्न, व्रतकथा वाचन गर्न वा प्रसाद वितरण गर्न चाहानु हुन्छ भनें पनि यहाँहरुलाई हार्दिक स्वागत गरिन्छ । यसका लागि आफू कर्ता बन्न चाहेको दिन खुलाई मन्दिरमा सम्पर्क गर्नका लागि यहांहरू समक्ष अनुरोध गर्दछौं ।
स्वस्थानी व्रतको समापन (सांगे) February 05, 2023 Sunday वृहत् पूजा अर्चना र होम होमादि सहित मन्दिरमा सम्पन गरिने छ ।
श्रीस्वस्थानी व्रतकथा वाचन : January 6, 2023 Friday बाट February 5, 2023 Sunday सम्म
समयः प्रत्येक दिन 06:00-07:00PM
स्थानः NepaliCultural & Spiritual Center (NCSC) / श्रीपशुपतिनाथ मन्दिर तथा बौद्ध विहार
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Email: admin@ourncsc.org
Phone number: 972-986-7779