“सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ॥
वीणा र पुस्तकलाई धारण गरी हाँसमा सवारहुने हे माता सरस्वती ! हजूरले कृपा दृष्टि राखेर मलाई विद्या दान गर्नुहोस् ।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥
जुन देवी चन्द्रमाको समान उज्वल कान्ति भएकी हुनुहुन्छ, जो सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटिकको मालासहित सुशोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जस्को ब्रह्मा, विष्णु र शिव आदि सबैले उपासना गर्नुहुन्छ, उनै माता सरस्वतीले हाम्रा अज्ञानतालाई हरण गर्दै हामीलाई निर्मल विद्या वा ज्ञान दिनुहोस् ।
टेक्सासको स्थानीय समय अनुसार January 25, Wednesday पर्न गएको माघ शुक्लपञ्चमी (वसन्तपञ्चमी) सरस्वतीपूजाको शुभ अवसरमा हार्दिक शुभकामना अर्पण गर्दछौं ।
माता सरस्वतीको विधिवत् पूजा आराधना एवं प्रार्थाना January 25 Wednesday सांझ 05:30 PM मा मन्दिरमा हुनेछ ।
पूजामा सहभागी हुनका लागि यहांहरू सवैमा निमन्त्रणा गर्दछौं ।
स्थानः NepaliCultural & Spiritual Center (NCSC) / श्रीपशुपतिनाथ मन्दिर तथा बौद्ध विहार
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Email: admin@ourncsc.org
Phone number: 972-986-7779