मन्दिर स्थानान्तरण / क्षमा पूजा)

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू

नमस्कार,

नेपाली समुदायको आस्थाको केन्द्र श्री पशुपतिनाथ मन्दिर तथा वौंद्ध विहारलाई Irving बाट Euless मा स्थानान्तरण गरी वृहत्तर योजनाका साथ भव्य धाम निर्माण गर्ने तपाई हाम्रो चाहानाको प्रतीक्षा अब धेरै दिन गर्नु नपर्ने सूचना यहांहरूका समक्ष प्रवाह गर्न पाउंदा अत्यन्त खुशी छौं ।

 

हामी Euless project को प्रथम चरण सम्पन्नताको अन्तिम चरणमा छौं । अब तत्कालै हाम्रा Irving मन्दिरमा स्थापित देवी देवताहरु Euless को नव निर्मित भवनमा प्रतिस्थापन गर्दैछौं।

धार्मिक विधि अनुसार एक पटक प्राणप्रतिष्ठा गरेर स्थापना गरी पूजा गरिएका देवी देवताहरूलाई स्थानान्तरण गर्नको लागि सम्बन्धित देवताहरूसंग क्षमायाचना गर्दै विधिविधान सहित ‘क्षमापूजा’ गर्नु पर्ने धार्मिक नियम तथा परम्परा रहेको छ भन्ने कुरा सम्वन्धित विषयका विज्ञहरूको रहेकोले  त्यो विषयलाई मध्यनजर गर्दै तपसिल मिति र समयमा Irving को मन्दिरमा क्षमापूजाको आयोजना गरिएको यहांहरू सबैमा जानकारी गराउदछौं।

 

यस विशेष पूजा कार्यक्रममा सम्पूर्ण देव प्रतिमा (मूर्ति) प्रायोजकहरू, सम्पूर्ण सदस्यहरू, धार्मिक व्यक्तित्व तथा शुभचिन्तकज्यूहरुलाई सहभागिताको लागि अनुरोध गर्दछौं।

 

मिति - मार्च १९, २०२३ आईतवार

विहान ०८ः०० बजे बाट

स्थान - 2016 W Grauwyler Rd

Irving TX 75061

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केम्द्र (NCSC) श्री पशुपतिनाथ मन्दिर तथा वौंद्ध विहार

 

-NCSC EC