आदरणीय भक्तजन,
लामो समयको पर्खाइ पछि अंतत यूलेसमा स्थानानन्तरण गरिनु भएका देबी- देबताको प्राण प्रतिष्ठा पूजा यहीं आऊदो मे २० र २१ मा यूलेस स्थित मंदिरमा हुनेभएको छ I
शास्त्रहरूमा यो विशेष पूजाको अत्यंत महत्व दर्शाईएको छ I भगवानका मूर्तिहरूमा प्राण भर्ने यो पूजामा सहभागी हुन पाउनु, त्यो पनि यो परदेशको भूमिमा सामान्य कुरा हैन I
यसर्थ, यो ऐतिहासिक देवकार्यमा सहभागी भई पुण्य कमाउनुका साथै इतिहासको साक्षी हुने अवसर नग़माऊनु हुन श्री पशुपतिनाथ मंदिर यहाँहरुलाई हार्दिक आव्हान गर्दछ I
पूजामा कर्ता बन्न चाहनु हुन्छ? कृपया यस लिंकमा कर्ताका रूपमा आफ़नो ठाऊँ सुरक्षित गर्नु होस!
कर्ता बन्न दस्तूर $101.00 तोकिएको छ !
दर्ता गर्ने लिंक:
https://www.ourncsc.org/special-event/9
वा सीधा तलको लिंकमा गएर पनि दस्तूर बुझाऊन सकींछ ! कृपया नोटमा “प्राण प्रतिष्ठा कर्ता” लेख्न नछूटाउनु होला!
https://www.paypal.com/donate/?hosted_button_id=77YGRGCN5EJY6
पूजामा प्रत्यक्ष सहभागी हुन नसकेमा पनि गुरुहरूद्वारा संकल्पको समयमा यहाँहरूको नाम कर्ता स्वरूप लीईनेछ I
पूजाको समय तालिका यस प्रकार रहनेछ
May 20 - Saturday
9:00 AM - 12:00 PM |
नन्दिमुखी, पूर्वागं, मातृका पुजा, सबै देवीदेवता पुजा थालि तयारी, नियमित पूजा टीका तथा प्रसाद |
12:30 PM |
मध्यान्ह आरति |
2:00 PM – 7:30 PM |
फल,धान, फल, फूल, सर्वोषधि आदिमा अधिबास, पूजा मण्डप तयारी |
May 21st - Sunday
8:00 AM - 8:30 AM |
सबै कर्ताहरुको आगमन तथा स्थान ग्रहण (उपस्थित हुन नसकेका कर्ताहरूको नाममा संकल्प गरिने छ) |
9:00 AM |
बाहिर मण्डपमा अग्निस्थापना पूजा आरंभ सहित होम |
9:00 AM |
मन्दिर हलमा प्राण-प्रतिष्ठा यज्ञ आरंभ |
10:00 AM |
गणेश प्राण-प्रतिष्ठा |
11:00 AM - 12. :30 PM |
पशुपतिनाथ प्राण-प्रतिष्ठा तथा आरधना |
12:30 PM - 1:30 PM |
मध्यान्ह (Break) |
1:30 PM -2:30 PM |
सुर्यादि देवता सहित केही भगवान अवतारहरुको प्राण-प्रतिष्ठा |
2:30 PM - 3:30 PM |
बाकी देवदेवताहरुको प्राण-प्रतिष्ठा |
3:30 PM - 4:00 PM |
देवताहरुको नामको बाकी होमादी |
4:00 PM |
पूर्णाहुति |
4:30 PM |
पुजा समापन तथा तिलक प्रसाद वितरण |
दिन भरी |
टीका तथा प्रसाद वितरण |
दिन भरी |
भजन एवं भक्ति संगीत |
7:00 PM |
सन्ध्या आरती |