हरितालिका तीज पूजा २०२३

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

तीज पूजा सम्बन्धी जानकारी 

आदरणीय दिदीबहिनीहरूमा हरितालिका तीज २०२३ को हार्दिक मंगलमय शुभ कामना!

हरितालिका तीजको ब्रत / पूजा यहि September 17, Sunday परेकोले तीजका अवसरमा मन्दिरमा पूजा गर्न ईच्छुक दिदीबहिनीहरूका लागि यस पटक online registration को व्यवस्था गरिएको जानकारी गराउन चाहान्छौं।

Registration गरी आफ्नो स्थान सुरक्षित गर्नुहोला।

रजिष्ट्रेसन लिंक-

https://www.ourncsc.org/special-event/10

मन्दिरमा गरिने पूजा 5 समूहमा बिभाजन गरी तयार गरिनेछ।

आफूले पूजा गर्ने समूहको १५ मिनट अगाडी मात्र उपस्थिति हुन अनुरोध छ।

पहिलो समूह- 8:00 AM to 10:00 AM

दोश्रो समूह - 10:30 AM to 12:30 PM

तेश्रो समूह - 1:00 PM to 3:00 PM

चौथो समूह - 3:30 PM to 5:30 PM

अन्तिम समूह – 6:00 PM to 8:00 PM

पूजा तोकिएको समयमा शूरू हुनेछ।

हरितालिका पूजाको लागि आवश्यक पूजा सामाग्री-

# टीका, चन्दन, धुप, भेटी, फूल, माला, जौ तिल आदि

# सौभाग्य सामाग्री,विभिन्न रंगको कपडा,कांचो नरिवेल

# कलश, दीयो, पूजागर्ने प्लेट ५, बोल ५,

# आप, पिपल, बेलपत्र,पान का पातहरू

# पूर्णपात्रो, चामल, रक्षाबन्धन, पंचामृत, प्रसाद

# कुश, जनै २, सुपारी २, शिवलिंग १(मन्दिरमा उपलब्ध हुने)

(शिवलिंगमा दुध/जल अर्पणको लागि मन्दिर दिनभरी खुल्ला रहनेछ)

साथै मंदिर Sunday, September 17th देखी Tuesday, September 19th ऋषि पन्चमीसम्म नै पूरा दिन खुला रहने जानकारी पनि गराउन चाहन्छौं ।

ॐ नम: शिवाय

NCSC Executive Committee

1212 Royal Pkwy, Euless, TX-76040

Phone: +1 (682)738 3196