दशैं जमरा सम्बन्धी अत्यंत ज़रूरी सूचना

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू !

आउॅंदै गरेको यसवर्षको महान् चाड विजया दशमी (वडा दशैं २०८१) को शुभ उपलक्ष्यमा यहांहरू सवैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

विगतका वर्षहरूमाझैं यस वर्ष पनि यहांहरूको अनुरोध र सुविधालाई ध्यानमा राख्दै श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार यूलेसमा घटस्थापनाका दिनबाट दुर्गा भवानीको पूजा आराधना सहित जमरा राख्ने व्यवस्था गरिएको कुरा जानकारी गराउॅंदछौं ।

यही October 3, Thursday परेको घटस्थापनाका दिन विधि विधान अनुसार दुर्गा स्थापना / घटस्थापना गरेर सप्तशती चण्डी पाठ एवं देवीका विविध स्तुति मन्त्रहरू पारायण सहित जमरा राखिने छ।

यहांहरूले महानवमीको हवन पश्चात् आफ्नो अनुकूल पारेर जमरा घरमा लैजान सक्नु हुनेछ ।

मन्दिरमा जमरा राख्न ईच्छा गर्नुहुने महानुभावहरूले तलको लिंकमा गएर शुल्क बुझाउन सक्नु हुने छ।

https://www.ourncsc.org/dashain-jamara-reservation

जमरा राख्नको लागि

ठूलो ट्रेः $25

सानो ट्रे: $15

मन्दिरमा जमरा राख्न चाहानु हुने महानुभावहरूले October 3, Thursday भित्र सेवाशुल्क बुझाई हामीलाई व्यवस्थापनमा सहयोग गरिदिनु हुन पनि सादर अनुरोध गर्दछौं ।

दुर्गा भवानीले हामी सबैको कल्याण गरून्????

NCSC, Executive Committee