* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.
आदरणीय भक्तजन,
यहाँहरू सबैमा बडा दशैं(विजया दशमी) २०८१ को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौं ।
घटस्थापनका दिन देखी विधि विधान अनुसार दुर्गा स्थापना/घटस्थापना गरेर सप्तशती चण्डी पाठ एवं देवीका विविध स्तुति मन्त्रहरू पारायण सहित मंदिरमा जमरा राखिने कुरा त यहाँ लाई विदितै छ । प्रत्येक दिनको दुर्गा पूजामा सहभागी हुन चाहने सबैलाई हामी हार्दिक स्वागत गर्दछौं ।
भक्तजनको सुबिधाकोलागि महासप्तमी (फूलपाती) October 9, Wednesday देखि एकादशी October 13 Sunday सम्म मंदिर दिन भरी खुला रहने छ । दर्शनकोलागि जनसुकै समयमा पनि यहाँ आउन सक्नुहुनेछ ।
October 11, Friday (महानवमी) को पूजा तालिका यस प्रकार रहने छ :
बिहान 9:00 AM - 12:30 PM - नवदुर्गा भवानीको विशेष पूजा
बेलुका 4:00 PM - 6 PM चण्डी हवन
बेलुका 6:00 PM - 8 PM कन्या पूजा, सन्ध्या आरती, प्रसाद, भजन आदि
मन्दिरमा जमरा राख्नु हुने महानुभावहरूले आफ्नो समय अनुकूल पारेर October 11, Friday साँझ देखी October 12, Saturday सम्म जनसुकै समयमा जमरा घर लिएर जान सक्नु हुनेछ ।
दुर्गा भवानीले हामी सवैको कल्याण गरून्
ॐ धर्मो रक्षति रक्षितः !
NCSC, Executive Committee