शारदीयनवरात्रि (बडादशैं 2081) को शुभकामना !
वर्षका चारवटा नवरात्रिहरू (वासन्तिक नवरात्रि, गायत्री नवरात्रि, शारदीय नवरात्रि र गुप्त नवरात्रि ) मध्येको आश्विन शुक्लपक्षको प्रतिपदा तिथिदेखि आश्विन शुक्लपक्षको नवमी तिथिसम्म मनाइने अति नै उत्तम फलप्रदायक ‘शारदीय नवरात्रि’ एवं विजया दशमी पर्व यहांको स्थानीय समय अनुसार यसवर्ष यही October 03, 2024 Thursday देखि October 12, 2024 Saturday सम्म परेको छ ।
वडादशैंको शुभ अवसरमा सवैमा नवदुर्गा भवानीको वशेष कृपा बर्षियोस् । हार्दिक शुभकामना अर्पण गर्दछौं ।
नवरात्रिको अबधी भरी दुर्गा भवानीको नित्यपूजा आराधना एवं ‘सप्तशती’ (चण्डी) पाठ तथा बिबिध सूक्त मन्त्रहरूको जप- पाठ- अनुष्ठान गरिने छ ।
* October 03 Thursday घटस्थापना, यवरोपणम् (जमरा राख्ने) प्रातः 10:45 AM , दुर्गा पूजा प्रारम्भ, शैलपुत्री( हिमालराजकी पुत्री) भवानीको विशेष पूजा
* October 04 Friday ब्रह्मचारीणी (अखण्ड ब्रह्मचर्यको महिमा भएकी) भवानीको पूजा आराधना
* October 05 Saturday चन्द्रघंण्टा (चन्द्रमा जस्तै चम्कनेवाली) भवानीको पूजा आराधना
* October 06 Sunday कूष्माण्डा (पूरा जगत् जसको पाउमा छ त्यस्ती) भवानीको पूजा आराधना
* October 07 Monday स्कन्दमाता (कार्तिकेय कुमारकी माता) भवानीको पूजा आराधना
* October 08 Tuesday कात्यायनी (कात्यायनको आश्रममा जन्म लिएकी) भवानीको पूजा आराधना
* October 09 Wednesday (फूलपाती) कालरात्रि पूजा (कालको नाश गरनेवाली) भवानीको पूजा आराधना । सांझ 06:00 PM नवपत्रिका (फूलपाती) पूजन, जमरा घरमा फूलपाती भित्र्याईने
* October 10 Thursday महागौरी पूजा (शुद्ध शुक्लरंग भएकी माता) भवानीको पूजा आराधना
* October 11 Friday सिद्धिदात्री (सर्व सिद्धि प्रदान गरनेवाली जगत जननी) भवानीको पूजा आराधना । महानवमीको विशेष पूजा । दिउसो 04:00 PM बाट दुर्गाजीको हवन (चण्डी हवन), सांझ 06:00 PM नव कन्या पूजनम्
* October 12 Saturday प्रातः 08:00 AM अपराजिता पूजा, दुर्गा विसर्जन, जमरा वितरण,
* विजया दशमी / दशैंको टीका ।
शुभ विजयादशमी 2081 (2024)
NCSC/EC