ध्यानाकर्षण भएको बारे ।
आदरणीय संस्थापक सदस्य, ट्रस्टी, संरक्षक, आजीवन सदस्य तथा सम्पूर्ण भक्त/सदस्यज्यूहरु,
DFW क्षेत्रमा बन्दै गरेको श्री पशुपतिनाथ मन्दिर तथा वौंद्ध विहार समस्त डालसवासी दाजुभाई तथा दिदीबहिनीहरुको साझा सम्पत्ति हो भने भविष्य पुस्ताको धरोहर पनि हो। यसैले यस क्षेत्र वरिपरि हुने जुनसुकै आध्यात्मिक वा धार्मिक गतिविधि, व्यक्तिगत हुन वा सामुहिक हुन, ति सबै हाम्रा सम्पत्तिहरु हुन। धार्मिक गतिविधिमा सकृयता ल्याउने संस्कृत विद्वानहरू मार्गनिर्देशकहरु हुन। उहाहरुको प्रस्तुति, व्यवहार, दैनिकी र उत्तरदायित्व समाजका मार्गनिर्देशन बन्नु पर्दछ।
“गुरू ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वरा गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नम:” भन्ने मन्त्रबाट निर्देशित हाम्रो समाज गुरुहरुको गतिबिधिबाट अत्यन्त प्रभावित हुने गर्दछ। हाम्रो स्थानिय ठाउँमा मात्र नभई बिभिन्न स्थान, समयमा केही श्रदेय् गुरुदेबहरुबाट प्रस्तुत भएका अभिब्यक्ति र व्यवहारका कारण कहिले काँही आस्थाको नै आलोचनाको हुने गरेको पाईन्छ। जसले व्यक्ति, समाज र संस्थामात्र नभई हाम्रो आस्था माथि नै प्रभाब पर्दछ।
हालै DFW क्षेत्रमा एक व्यक्तिगत आध्यात्मिक धार्मिककार्यमा अमुक गुरुबाट भएको अनुउत्तरदायी कार्यबाट सम्बन्धित परिवारमा पर्न गएको मर्मको बारेमा NCSC को ध्यानआकर्षण भएको छ। सम्बन्धित गुरु मन्दिरको दैनिक गतिबिधि सँग अनुबन्धित नभएता पनि कुनै बिशेष परिस्थितिमा सहयोग र सम्लगता हुँदै आउनु भएको थियो। उहांको अपरिपक्कता र अनुउत्तरदायि व्यबहारको कारण सम्वन्धित परिवारमा पर्न गएको मर्मबारेमा मन्दिर मुखदर्शक रहन सक्दैन। भोलिका दिनमा यस प्रकारको व्यबहार कोही कसैबाट पनि नहोस भन्ने कामना गर्दै निज गुरुलाई मन्दिरले आमन्त्रित नगर्दा सम्मको लागि मन्दिर परिसर भित्र गुरुहरुको निर्देशित स्थानमा सामेल नहुन निर्देशित गरिएको छ। NCSC EC को यस निर्णय श्रदेय तमाम गुरुहरु प्रती कुनै लक्षित नरहेको प्रतिबध्ता गराउदै भोलिका दिनमा आफु र आफ्नो उत्तरदायित्वमा कुनै प्रश्न उत्पन्न नहुनेगरी समाजलाई मार्ग निर्देशन गर्नु हुनेछ भन्ने अपेक्षा राख्दछौं।
सीता बस्नेत सापकोटा
अध्यक्ष
NCSC-EC Team