आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु,
विगतका वर्षहरुमा जस्तै यही सेप्टेम्बरको १२ तारिख बुधवार परेको हिन्दु महिलाहरुको महान तीजको दिन बिशेष पूजा आराधनाको लागि यस पशुपतिनाथ तथा बुद्ध मन्दिर बिहान ८ (आठ) बजेदेखि दिनभरी बेलुका ८:०० बजेसम्म खुला रहने जानकारी गराउन चाहन्छौं | पूजाको लागि २-२ घन्टाको सामुहिक पूजा तालिका मिलाईएको छ, जस अनुसार निम्न तालिका बमोजिम आफु अनुकूलको समयमा तीज पूजामा सहभागी हुन सकिनेछ |
पहिलो समूह - बिहान ८ बजेदेखि १० बजेसम्म
दोश्रो समूह - बिहान १०:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म
तेश्रो समूह - दिनको १२:०० बजेदेखि २:०० बजेसम्म
चौथो समूह - दिनको २:०० बजेदेखि ४:०० बजेसम्म
पाँचौं समूह - साँझ ४:०० बजेदेखी ६:०० बजेसम्म
छैठौं समूह -साँझ ६:०० बजेदेखि ८:०० बजेसम्म
पूजामा सहभागी हुनको लागि १० डलर दस्तूर राखिएको छ | सो बाहेक लागि पूजा भेटी, सौभाग्य आदि सामग्री वापत रकम स्वेच्छाले दान गर्न सक्नुहुनेछ |
पूजाको लागि शिव लिंग, सानो कलश, प्लेट र बोल (कचौरा), कुश, जनै, सुपारी आदि मन्दिरमा उपलब्ध हुनेछ
अबीर, केशरी, फलफूल, फूल, नैवेद्य आदि पूजा सामग्री आफैंले ल्याउनु पर्नेछ, यदि कारणबश यीमध्ये कुनै सामग्री छुट भएमा मन्दिरले उपलब्ध गराउने व्यवस्था मिलाईएको छ |
पूजामा अबीर, केशरी, धुप र बत्तिको न्यूनतम प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौं
यहाँहरुको तीज पूजा सफल रहोस भन्ने कामना गर्दछौं |