सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु,
यस २०१७ (बिक्रम सम्बत २०७४) को शुभ दीपावलीको उपलक्षमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै तिहार पर्व सम्बन्धि सूचना यहाँहरु सबैको जानकारीको लागि प्रस्तुत गरेकाछौं |
२०१७ (बि.स. २०७४) को तिहार पर्व (यम पंचक) सम्बन्धी जानकारी:
मंगलवार, अक्टोबर १७, २०१७ त्रयोदशी (धन तेरस), काग तिहार
बुधवार, अक्टोबर १८, २०१७ नर्क चतुर्दशी, कुकुर तिहार, साँझमा लक्ष्मी पूजा र दीपमालिका
यस श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा कार्तिक संक्रान्तिको अवसरमा श्रीसत्यनारायण भगवानको पूजा साँझ ५:०० बजे, साँझ ६:०० बजे श्रीमहालक्ष्मी पूजा र दीपावली
बिहीवार, अक्टोबर १९, २०१७ गाई पूजा (गाई तिहार औंसी)
शुक्रवार, अक्टोबर २०, २०१७ गोबर्धन पूजा, म्ह पूजा
शनिवार, अक्टोबर २१, २०१७ यम द्वितीया (भाइ टिका)
(टिकाको शुभ (साइत) समय बिहान १०:१५ बजे)
नोट: लक्ष्मी पूजा औंसीको साँझमा गर्नुपर्ने र बिहीवार अक्टोबर १९ को अपरान्हदेखि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकोले अक्टोबर १८, को साँझ लक्ष्मी पूजा गर्नुपरेको हो |
श्री सत्यनारायण र श्रीमहालक्ष्मीको पूजा भव्यताका साथ सम्पन्न गर्न यहाँहरुको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं |