आज आइतवार, अक्टोबर २९ मा पशुपतिनाथ बुद्ध मन्दिरमा हामीलाई १-८००-९८५-४२५८ र १-५८२-८६२२ नम्बरहरुबाट फोन गरेर तिमीहरुको बिजुलीको बील तिर्न बाँकी छ,आजै एक घण्टा भित्र नतिरे लाईन काट्न मान्छे पर्खेर बसेको छ त्यसैले वाल ग्रीनमा गएर Money-Pak भन्ने प्रिपेड कार्डबाट कम्तिमा पुरा बीलको आधा रकम तुरुन्त तिर हैन भने लाइन काटिनेछ भनेर तारन्तार फोन आयो | बुझ्दै जाँदा त ठग्ने धन्दा रहेछ | सबैलाई होशियार गराउन बहुजन हितायको लागि यो सूचना हालेका छौं |
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)