श्री स्वस्थानी ब्रत कथा

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.
सम्पुर्ण श्रद्धालु दाजुभाई तथा दिदीबहिनीहरु,
प्रत्येक बर्षको पौष शुक्ल पूर्णिमाको दिनमा शुरुभई माघ शुक्ल पूर्णिमासम्म गरिने श्री स्वस्थानी परमेश्वरीको कथा वाचन तथा व्रतको अवधि  यस बर्ष जनवरी १० (पौष २५, २०७६) मा शुरु भै आगामी फरवरी ८, २०२० (माघ २५, २०७६) सम्म रहने जानकारी गराउन चाहन्छौँ |
यस अवधिभर श्री स्वस्थानी कथाको वाचन यस श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा निम्न समयमा गरिने भएकोले कथा वाचन गर्न (भन्न) तथा श्रवण गर्न (सुन्न)  र नैवेद्य चढाउन इच्छुक भक्तजनले यस मन्दिरमा पाल्नुभई वा फोनबाट आफ्नो नाम टिपाउन सविनय अनुरोध    गर्दछौं | 
कथा वाचनको समय: प्रत्येक साँझ ५:३० देखि ६:३० बजे
तत्पश्चात नियमित सन्ध्या आरति हुनेछ |
भवदीय,
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर व्यवस्थापन
फोन नम्बर: (९७२) ९८६ ७७७९ - मन्दिर; (५१०) ४१७ ८८९०७ - व्यवस्थापक