# शिवरात्री विशेष पहिलो चरणको पूजा कार्यक्रम:
* प्रात: ०८:३०-१०:०० बजे सम्म मन्दिरको नित्य पूजा आराधना
* प्रात: १०:००-११:३० सम्म शिवरात्री विशेष पशुपतिनाथ अर्चना पूजा तथा रुद्राभिषेक
(सामूहिक एवं व्यक्तिगत रूपमा शिवपूजा तथा रुद्राभिषेक संकल्प पूर्वक गरिने)
* प्रात: ११:३०-१२:०० पशुपतिनाथ उत्तरांग पूजा तथा भगवानको विशेष श्रृंगार
* दिवा १२:३० बजे मध्याह्नकालीन आरती पुष्पांन्जली तथा टीका प्रसाद वितरण
# शिवरात्री विशेष दोस्रो चरणको पूजा कार्यक्रम:
* दिवा ०४:०० ०५:०० सम्म मण्डपमा सामूहिक रुद्राभिषेक पूजा तथा पंन्चांमृतस्नान
* साँझ ०५:००-०६:०० शिव सहस्रनाम अर्चना वा अष्टोत्तरशत अर्चना
* साँझ ०६:००-०७:३० बजे सम्म शिवरात्री महिमा प्रवचन तथा विशेष झांकी सहित कीर्तन भजन
* साँझ ०७:३० बजे १०८ दीप प्रज्वलन गरी ॐकार आरती तथा शृंगार आरती
* साँझ ०८:०० बजे सायंकालीन नित्य आरती तथा टीका प्रसाद ग्रहण
नोट:- प्रात: ०९:०० बजेदेखि साँझ ०७:३० बजेसम्म जुनसुकै समयमा पनि शिवजीलाई दुध, पंन्चामृत तथा जल चढाउन र टीका प्रसाद लगाउन सकिने छ ।
यस पालिको महाशिवरात्रीको कार्यक्रम नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (NCSC)को यूलेस स्थित जग्गामा आयोजना गर्ने सोचका साथ यूलेस सिटीमा अनुमतिका लागि आबेदन गरिएकोमा सिटीको नियम बमोजिम आबश्यकता पुरा गर्न हाललाई सम्भव नभएकोले अर्विंग स्थित मन्दिरमै कार्यक्रम हुने जानकारी समेत गराउन चाहन्छौं |
प्रार्थी,
श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर
कार्यकारी समिति