सामुहिक ब्रतबन्ध कार्यक्रमको जानकारी

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

ॐ श्रीमंगलमूर्तये नमः

" यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् !

आयुष्यमग्र्यं प्रतिमुन्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः !!

बिगत बर्षहरुमा झैं यस वर्ष पनि यस श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा निम्न बमोजिम सामूहिक ब्रतबन्धको आयोजना गर्न लागिएको व्यहोराको सहर्ष जानकारी डालसवासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा गराउन चाहन्छौँ |

इच्छुक अभिभावकहरुले समयमै यस मन्दिरमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं |

सामुहिक ब्रतबन्ध कार्यक्रम मिति:

आइतवार, अप्रिल १२, २०२० (चैत्र ३०, २०७६) बिहान ८ बजेबाट दिउँसो २ बजेसम्म

मन्दिरले बिना थप शुल्क उपलव्ध गराउने सामाग्रीहरु:

पूजाका भाँडा, अबिर, केसरी, चन्दन, फूल, जौ तील, कुश, जनै सुपारी धूप, बत्ती, रातो रंगका दुना टपरा (कागज वा फोमका प्लेट/बोल), सुकेका नरीवल, हवनको लागि घ्यु |

भक्त आफैंले ल्याउनुपर्ने:

बटुकलाई चाहिने वस्त्र, केश मुण्डनको लागि काँसको थाल कचौरा, मानु, पाथी, लठ्ठी, सेउली, नया पंचपात्र आचमनी, मृगको छाला, रुद्राक्ष माला, दोसल्ला, भीक्षापात्र (नयाँ) |

प्रति बटुक शुल्क $400.00  - पूजा, हल, प्रसाद, पूजा सामग्री र गुरु व्यवस्थापन स्वरूप

सम्पर्क:

मूल गुरु डा. शेखर पण्डित (३१८-२००-६०२६); गुरु मेघराज निरौला (६८२-३१३-५३८०)

गुरुहरु: कृष्ण भट्टराई (८५७-३१२-२२६२); बैकुण्ठ शर्मा भुर्तेल (४६९-२६८-१७१८);

शान्तिराम कोइराला (९७२-५१४-९०६४); अच्युत लम्साल (९७२-७४६-६८५३)

व्यवस्थापक हरि प्रसाद रेग्मी (५१०-४१७-८९०७); मन्दिर (९७२-९८६-७७७)