चतुर्मासमा पुराण वाचन तथा प्रवचन कार्यक्रम

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरु,

निगमकल्पतरोर्गलितं फलं, शुकमुखादमृतद्रवसंयुतम् |
पिवत भागवतं रसमालयं, मुरुरहो रसिका भुवी भावुका ||

कोरोना (KOVID-19) को संक्रमणको कारणले यस बर्षको मार्च देखि मन्दिर बन्द राख्नु परेको सबैलाई बिदितै छ | यस परिस्थितिमा सप्ताह ज्ञान महायज्ञको आयोजना सम्भव नभए पनि भक्तजनहरुसम्म श्रीमद्भागवत कथा वाचन लगायत धार्मिक तथा आध्यात्मिक प्रवचनको माध्यमबाट आध्यात्मिक चिन्तनलाई निरन्तरता दिने कार्यक्रम शुरु गर्न लागिएको सहर्ष जानकारी गराउंछौं |

यसका लागि प्रत्येक ४, ४ हप्ताको लागि प्रवचन कार्यक्रम तालिका तयार गरी यस संस्था (NCSC) को वेब साइट, फेस बुक, इमेल मार्फत तथा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा सूचना टाँस गरेर क्रमशः जानकारी गराउँदै जानेछौं |

तत्कालको लागि श्रीमद्भागवत पुराणको वाचन तथा प्रवचन भनि तोकिएको भए पनि आध्यात्मिक वाचन तथा प्रवचन कार्यक्रमलाई चतुर्मास पछि पनि निरन्तरता दिने NCSC कार्यकारिणी समितिको योजना रहेको पनि जानकारी गराउन चाहन्छौं |

प्रवचन यहाँहरुसम्म पुर्याउने माध्यम समय र परिस्थिति अनुसार भौतिक उपस्थिति र अनलाइन (भर्च्युअल्) प्रबिधि समेत हुनेछ |

प्रवचन प्रसारण गरिने स्थान, मिति र समय:

स्थान: श्री पशुपतिनाथ तथा बुद्ध मंदिरबाट प्रत्यक्ष प्रशारण

मिति: आइतवार जुन २१, २०२० देखि दैनिक (तालिकामा उल्लेख भए बमोजिम)

समय: साँझ ६:०० बजेदेखि ६:३० सम्म |

थप जानकारीको लागि सम्पर्क राख्न अनुरोध गर्दछौं:

मूल गुरु श्री शेखर पण्डित (३१८)२००-६०२६

गुरु श्री मेघराज निरौला (६८२)३१३-५३८०

अध्यक्ष श्री सुरेश चन्द्र पोख्रेल (८१७)७०३-४८२८

महासचिव, श्री छबीमणि चापागाईं (९७२)७९३-२१५७

व्यवस्थापक श्री हरि प्रसाद रेग्मी (५१०)-४१७-८९०७

मन्दिर (९७२)९८६-७७७९