आदरणीय दिदीबहिनीहरु
नमस्कार !
नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा यहाँहरुको सुस्वास्थ एबं सम्वृद्धिका लागि श्री पशुपतिनाथ संग प्रार्थना गर्दछौं |
कोरोना महामारीका कारण बिगतका बर्षहरु झैँ यो बर्ष नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) द्वारा मन्दिर भित्र सामूहिक रूपमा तीज पूजाको ब्यबस्थापन गर्न नसकिने जानकारी गराउन पर्दा हामीलाई अत्यन्त्य दुख लागेको छ |
तर, हिन्दु नारीहरुको महान पर्ब तीजको महत्वलाई ध्यानमा राखी हामीले यहाँहरुका लागि भर्चुअल (अनलाइन ) मार्फत पूजा गर्ने ब्यबस्था मिलाइएको जानकारी गराउन चाहन्छौं |
हरितालिका तीजका दिन, यहि अगष्त २१ तारिख शुक्रबार दिनको ठिक १ बजे देखि ३ बजे सम्म जुम (ZOOM) एवं NCSC को फेसबुक पेज " pooja samiti" मा जोडिएर यहाँहरुले आ-आफ्नै घरमै पूजा गर्न सक्नु हुनेछ |
कोरोना महामारीका कारण सिर्जित परिस्थितिका कारण तपाईंहरुको स्वास्थ सुरक्षालाई ध्यानमा राखी यो निर्णय गरिएको पनि बिनम्र अनुरोध गर्दछौं | यसबाट पर्न सक्ने कुनै पनि असुविधाका लागि हामी क्षमा प्रार्थी छौं |
सम्पूर्ण पूजाको लागी आवश्यक सामाग्री - यो पेजमा जानुहोला
हरितालिका पूजा सामाग्री -
# फूल, अक्षता, चन्दन, धुप, नरिवेल
#जौ, तिल,कुश, सर्शियु,रक्षाबन्धन,
#फलफूल, नैवेध्य, आप, वर पिपल पात
# विभिन्न रंगका बस्त्र, भेटी, चामल
# सौभाग्य सामान, जनै, सुपारी, पंचामृत
# करम पात्रो,दियो, कलश,पूजा प्लेट, शिवलिंग,गणेश
पूजाको कार्यक्रम:
मिति : अगष्त २१ तारिख, शुक्रबार
समय : दिनको १ बजे देखि ३ बजे सम्म
पूजामा सहभागी हुने online माध्यम: Zoom: https://us02web.zoom.us/j/3529664257
Facebook : Puja Samiti
मन्दिर संचालनका लागि आर्थिक सहयोगको लिंक: http://www.ourncsc.org/donate.php
श्री पशुपतिनाथ मन्दिरको दर्शन र शिव लिंगमा दुध अर्पण गर्नका लागि मन्दिर बिहान ९ बजे देखि राति ८ बजे सम्म निरन्तर खुल्ला रहने छ |
मन्दिर दर्शन गर्न आउनुहुने भक्तजन एवं ब्यबस्थापनमा खटिनुहुने स्वयंसेबीहरुको स्वास्थ सुरक्षालाई ध्यानमा राख्दै टेक्सास राज्य एवं डालस स्वास्थ्य विभागले तोकेको मापदण्डको अधिनमा रही केहि नियम तय गरिएको जानकारी गराउन चाहन्छौँ |
१) मन्दिर बाहिर तोकिएको ठाउँमा जुत्ता खोलि मन्दिर भित्र प्रवेश गर्न अनुरोध छ |
२)मन्दिर भित्र प्रवेश गर्दा अनिबार्य रूपमा मास्क(MASK) लगाउन अनुरोध गरिन्छ | बिना मास्क मन्दिर भित्र प्रवेश नगरिदिनु हुन सादर अनुरोध छ |
३) मापदण्ड (६ फिटको सामाजिक दुरी) सहित ब्यबस्थापनले तोकेको स्थानमा लाइनमा उभिएर पालैपालो मन्दिर दर्शन गर्न अनुरोध छ | मन्दिर भित्र प्रवेश गरे पछी एकै परिबारका सदस्यले समेत सामाजिक दुरी कायम गरि लाइनमा उभिदिनुहुन अनुरोध छ |
४) शिवलिंगमा अर्पण गर्नका लागि दुधको व्यवस्था मन्दिरमै गरिएकोले कृपया यहाँहरुले दुध एवं कुनै पनि पूजा सामग्री नल्याउनु हुन सादर अनुरोध गर्दछौं |
५) मापदण्ड अनुसार तोकेको स्थानमा दर्शनार्थी भरिएको खण्डमा स्वयंसेबीहरुले यहाँलाई केहीबेर गाडीमै पालो कुर्न अनुरोध गर्न सक्नु हुने छ र त्यस्तो अबसरमा याहाँहरुबाट पूर्ण सहयोगको अपेक्षा गर्दछौं |
६) मन्दिर भित्र प्रवेश गरि सकेपछी बाहिर ननिस्किए सम्म(एकै परिबारका सदस्यले पनि ) पूर्ण रूपमा सामाजिक दुरी कायम गर्न पनि हामि सादर अनुरोध गर्दछौं |
अन्त्यमा,
आदरणीय दाजुभाईहरु
हामीलाई स्वयंसेबिको अभाब रहेकोले तीजको दिन यदि यहाँहरु सहयोग गर्न चाहनु हुन्छ भने हामी हार्दिक स्वागत गर्दछौं |
थप सूचनाको लागि:-
मूल गुरु श्री शेखर पण्डित - (318) 200-6026
गुरु श्री मेघराज निरौला - (682) 313-5380
अध्यक्ष श्री सुरेश चन्द्र पोख्रेल - (817) 703-4828
महासचिव, श्री छबीमणि चापागाईं - 972-793-2157
व्यवस्थापक श्री हरि प्रसाद रेग्मी - +1 (510) 417-8907
मन्दिर -(972) 987-7779
बिनित
-नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र(NCSC)
कार्य कारिणी समिति