* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.
आदरणीय ट्रष्टीज्यूहरु
आदरणीय कार्यकारिणी समितिका साथिहरू
नमस्कार !
कोभिड-१९ बाट उत्पन्न बिषम परिस्थितिका कारण Euless Project शुरू हुन केहि महिना ढिलो भैसकेकोले अब अरू ढिलाई नहोस र यो निर्बाधरूपमा अघि बढोस भन्ने मुख्य हेतुले यहि अक्टोबर ४ तारिख बसेको BOT को बैठकले हालको BOT Executive Officers र बर्तमान कार्यकारिणी समितिको पदाबधि थप गर्ने निर्णय गरेको थियो ।
स्मरण रहोस् २०२०को डिसेम्बर ३१ तारिखका दिन बर्तमान BOT officers र Executive Committee को पदाबधी सकिॅंदै छ| साथै, सोही बैठकले तीन सदस्यीय निर्बाचन समिति गठन गरि निर्बाचन समितिको सिफारीसका आधारमा पदाबधी बढाउने र त्यो निर्णयलाई आगामी साधारण सभाबाट अनुमोदन गराउने निर्णय गरेको थियो ।
तर, NCSC को बिधानमा यस्ता खाले बिषम, बिशेष वा अफ्ठ्यारो परिस्थितिमा के कसरी अघि बढ्ने भन्ने बारेमा केही उल्लेख नभएकोले भबिश्यका लागि पनि मार्ग निर्देशन हुने गरि बिधानमा संशोधन गर्न निम्न सद्स्यहरुको एक समिति गठन गरिएको छ |
- प्रकाश गौतम
- डा.मुरली अधिकारी
- कृष्ण लामिछाने
समितिले प्रस्तुत गर्ने संशोधन प्रस्ताब माथि छलफल गर्न आगामी नोभेम्बर १ तारिख आईतबार दिनको ठिक १२:३० बजे BOT र EC को सॅयुक्त बैठक बस्ने भएकोले सम्पूर्ण आदरणीय ट्रष्टीज्यू हरू एवं कार्यकारिणी समितिका साथीहरुको उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछु ।
छबि चापागाॅंई
महासचिब, EC
--
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779 (NCSC Office) / 972-793-2157 (Cell)
E-Mail: admin@ourncsc.org
http://ourncsc.org