यस बर्षको बाला चतुर्दशी (शतबीज छर्ने) दिन यही शुक्रवार नोभेम्बर १७ मा परेकोछ | त्यसको अघिल्लो दिन अर्थात् त्रयोदशीको साँझमा आफ्नो परिवार भित्रका मृतात्माको सम्झनामा बत्ती बाल्ने चलन पनि छ | विहीवारको साँझमा बत्ती बाल्न चाहने र बालाचतुर्दशीको दिनमा (बिहान) यस मन्दिर परिशरमा शतबीज छर्न चाहने दाजुभाई तथा दिदीबहिनीहरुको लागि व्यवस्था मिलाईएको छ | यी पर्वहरुमा यस पशुपतिनाथ तथा बुद्ध मन्दिरमा स्वागत छ |
बत्त्ती बाल्न चाहनेहरुको लागि बिहीवार साँझ ८ बजेसम्म र शतबीज छर्न चाहनेहरुको लागि शुक्रवार बिहान ७ बजे मन्दिर खुल्ने समेत जानकारी गराउन चाहन्छौँ |
स्थान:
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर
2016 W. Grauwyler Road
Irving, Texas 75061
फोन: (९७२) ९८६ ७७७९ वा (५१०) ४१७ ८९०७