जनै पूर्णिमा एवं रक्षाबन्धन

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

अमेरिकामा यही August 21, 2021 शनिवार जनै पूर्णिमा एवं रक्षाबन्धन

Last Updated: Aug 15, 2021, 09:40pm


“येन बद्धो वलिः राजा, दानवेन्द्रो महावलः तेन त्वां प्रतिबध्नामि, रक्ष मा चल मा चल”

अर्थात्:-

“जुन रक्षासूत्रले अत्यन्त वलशाली राजा वलि पनि बाँधिएका थिए र सारा देवगण सुरक्षित भएका थिए, आज म त्यस्तै रक्षासूत्र बाँधेर तपाइँलाई पनि सुरक्षित गर्दछु।”

ऋषितर्पणी (जनैपूर्णिमा) एवं रक्षाबन्धन वैदिक सनातन हिन्दु धर्माबलम्वीहरूले मनाउने मध्येको एउटा मुख्य पवित्र पर्व/चाड हो । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ ।

अमेरिकाको लागि नेपाल पचांग निर्णय समितिबाट अनुमोदित पंचांग (पात्रो) अनुसार यसवर्ष अमेरिकामा यही August 21, 2021 शनिवार जनै पूर्णिमा एवं रक्षाबन्धन परेको छ ।

सो दिन श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार Irving मा विहान ०८ बजेबाट सांझ ०७ बजेसम्म वैदिक विधिले अभिमन्त्रण गरिएका यज्ञोपवित (जनै) धारण गर्ने तथा रक्षाबन्धन लगाउने कार्यक्रम रहेको हुनाले आफूलाई उपयुक्त समयमा मन्दिरमा उपस्थित भएर सुविधा लिन सक्नुहुनेछ।

वर्तमान अवस्थामा COVID-19 को बढ्दै गएको प्रकोपलाई मध्यनजर गर्दै मन्दिरमा पनि सामान्य रूपमा सुरक्षा विधिहरू पुन: अपनाउन लागिएको हुनाले अनिवार्य मास्क लगाई मन्दिरले अबलम्बन गरेका सुरक्षा सम्बन्धी अन्य नियमहरूलाई पूर्णरूपमा पालना गरिदिनुहुन पनि अनुरोध गरिन्छ ।

तपाईलाई घर परिवारको लागि आवश्यक पर्ने जनै तथा रक्षाबन्धन मन्दिरमा उपलब्ध हुनेछ।

धन्यवाद ।

थप जानकारीको लागि #

(972) 986-7779- मन्दिर समय

(510) 417-8907- व्यबस्थापक

(318) 200-6026 - गुरू शेखर पण्डित

(682) 313-5380 -गुरू मेघराज निरौला

(972-793-2157 & (817) 703-4828

धन्यबाद,

कार्यकारिणी समिति

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र

Nepali Cultural & Spiritual Center (NCSC)

2016 W. Grauwyler Rd, Irving, TX, 75061