नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)
विशेष महाशिवरात्रि महोत्सव 2025
प्रिय DFW वासी दाजुभाइ तथा दिदीबहिनीहरू,
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) ले यसपालिको महाशिवरात्रि पर्व (Feb 23- 26) विशेष महोत्सवको रूपमा चार-दिने कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
तपाईंहरू सम्पूर्णलाई सपरिवार निम्न कार्यक्रमहरूमा आफ्नो अनुकूल समयमा सहभागी भई महोत्सवलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौं।
________________________________________
कार्यक्रम तालिका:
फेब्रुअरी 23 - फेब्रुअरी 26, 2025
स्थान: नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, DFW
मुख्य कार्यक्रमहरू:
• महाशिवरात्रि पूजा र अभिषेक
• धार्मिक प्रवचन तथा कथा वाचन
• सांस्कृतिक कार्यक्रम
• भजन कीर्तन र आरती
• प्रसाद वितरण
• बालबालिकाका लागि विशेष कार्यक्रम
________________________________________
पुजा सहभागिताका लागि जानकारी:
श्री पशुपतिनाथ महारूद्रभिषेक तथा सामूहिक पुजामा कर्ता भई सहभागिता जनाउन चाहने भक्तजनहरूका लागि:
$100.00 (प्रति परिवार/घरधुरी) दानभेटी सहयोग स्वरूप प्रदान गरी अग्रिम नाम दर्ता गराइदिनुहुन अनुरोध छ। यो शुल्क पुरै कार्यक्रम र सम्पूर्ण परिवारको लागि हो।
महाशिवरात्रि प्रसाद प्रायोजकको लागि:
$250.00 सहयोगार्थ निर्धारण गरिएको छ।
________________________________________
थप जानकारीको लागि सम्पर्क गर्नुहोला:
+1 (682) 738-3196 - (मन्दिर समयमा मात्र)
+1 (682) 558-9432 - अच्युत पौडेल (व्यवस्थापक)